Published On:Sunday, November 2, 2014
Posted by dadad

८० वर्षकाले ७ वर्षीय बालिकालाई बलात्कार गरेपछि

१६ कार्तिक, नुवाकोट । बालिकालाई बलात्कार प्रयासको आरोपमा खानीगाउँका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ । खानीगाउँ–४ बराफेदीका ८० वर्षीय वृद्ध लोकबहादुर थापालाई छिमेककी एक सात वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक प्रकाश शर्माले जानकारी दिए ।

शनिबार अपराह्न घरमा कोही नभएको समयमा बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले शनिबार बेलुकै थापालाई पक्राउ गरेको हो ।

पीडित बालिकाका परिवारले आईतबार जिल्ला प्रहरी कार्यालयमा थापाले बलात्कार गर्ने प्रयास गरी यौन दुव्र्यहार गरेको उल्लेख गरी निजलाई कारबाहीको माग गर्दै जाहेरी दिएका छन् । 

पीडित बालिका र पीडक थापाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित पक्षको जाहेरीको आधारमा घटनाको अनुसन्धान गरि मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments for "८० वर्षकाले ७ वर्षीय बालिकालाई बलात्कार गरेपछि"

Leave a reply