Published On:Sunday, November 2, 2014
Posted by dadad

मेरो जीवन साथी

बाबुराम श्रेष्ठ
कलियुगमा होस या बयस्क युग होस् । यो संसारमा मानिसहरु एक्लै बस्नु पर्ने थियो भने संसारको अवस्था, संसारको पविर्तन कस्तो हुन्थ्यो होला ? सायद जे होस मानिस भए पछि जीवन साथी रोज्नु या खोज्नु त यो प्रकृतिको नै देन हो । यो कुनै नौलो कुरा भने पक्कै होइन । आकाश र बादल, परेवाको जोडी र शिव र पार्वतीको जोडी कस्तो छ उनीहरुको प्रेमप्रगाढ अनि एक अर्का बीच जीवन साथीको सम्बन्ध । 

त्यस्तै मानिस भएर यस धर्ती जन्म लिईसकेपछि उनीहरुलाई पनि जीवन साथीको आवश्यकता पर्छ होइन ? हो साँच्चै जीवन साथी खोज्नु नै पर्छ र जीवन साथीको टुङगो नै लागाउनु पर्छ । यस्तै छ यो संसारमा, आज मेरो जीवन साथी । आखिर के हो जीवन साथी भनेको ? कसलाई भनिन्छ जीवन साथी ? जसले आफ्नो सुख दुखमा साथ दिन्छ, अनि जसले जसलाई पवित्र चोखो माया गर्छ उसलाई नै मेरो या तिम्रो जीवन साथ म या तिमी नै हो भनेर भन्ने गर्छ होइन ? पक्कै पनि सहि हो । माया गर्दा जुन कुराको सुरुवात बाचा गर्छ त्यो नै पुरा गर्नु पर्छ यदि होइन भने त्यो मायामा पछि तगारो अर्थात ज्यान नै जान सक्छ । नपाउञ्जेल गरिबको काँखमा सँग मर्ने सँगै बाँच्ने अनि तिम्रै हुँ म जुनी जुन भर तिम्रो जीवन साथी, यदि तिमीलाई केही भयो भने मेरो हालत के होला भन त, भन्न समेत पछि पदैन् । अनि त्यो माया र जीवन साथीको कुरालाई प्रेमी या प्रेमीकाले कसरी भुल्छ कदापी सक्दैन् बरु उसले मायामा ज्यान नै फाल्न तयार हुन्छ होइन ? हो सम्बन्ध प्रगाढ हुन्छ अनि भन्छ मेरो जीवन साथी । कति राम्रीछे मेरो जीवन साथी । उसले मेरो कुरालाई नकार्न सक्दैन् । अनि सुरु हुन्छ ति दुई दिनका वितेका कुराहरु गर्न, बाध्य हुन्छ आफ्ना मनमा गुम्सिएर बसेका ती भावनाहरु ल्यान । अनि जीवन साथीको गुन गान गाउने ति जोडीहरुको चर्तिकला देख्न पनि । मेरो मन भकानो भए आउँछ । अनि भन्ने गर्छ किन मेरो जीवन साथी अनि मेरो जीवन साथी त उही...........नै हो ।

तिमी जे भन, जती कराउ, जति रोउ मैले भने मेरो जीवन साथी तिमी नै हो । माया गरे तिमीलाई नै चोखो गरे मेरो मायामा कुनै शंका छैन्, कुनै दोष छैन् । केवल मायाको सुरुवातमा मैले खाएको कबुल गरेको बाचा यहि नै हो कि मेरो जीवन साथी तिमी नै हौं । सायद मैले गरेको जुन वाचा कसम अनि तिमीले खाएको बाचाहरु पुरा नै गर्नु पर्छ । यदि त्यो बाचा पुरा नभएमा कि त तिम्रो अन्त्य नै हुन्छ कि त मेरो नै । जीवन साथी कसरी कसलाई भन्छ सायद तिमीलाई थाहा त छैन् होला । पकै पनि तिमीले यस पंक्तिहरु पढे पछि मात्रा थाहा पाउँने छौ जीवन साथी के र को हो भनेर । तर आज म भन्न सक्ँिदन ।

तिम्रो त्यो नजरहरु अनि तिम्रो तस्बिरहरु मेरो मन मुटु भित्र सजाई सकेको छु । तिम्रा सारा तस्विरहरु मेरो छाती अनि मेरो प्रोफाइल, अनि मेरो हरेक कुना कुनामा राखि सकेको छु । सायद यदि मैले चाहे भने तिमीलाई जे पनि गर्न सक्छु, तर बास्तवमा मेरो जीवन साथी कहाँ छ के गर्दै छ मलाई पक्कै थाहा छ । नाम नै होस, या काम नै होस् या दाम नै होस् “राम” त आखिर मेरै हो । किनकी राम भन्ने शब्द मेरो लागि अति नै प्रगाढ बनिसकेको छ । कत्तै जवानीका ति छालहरु अनि मेरा जीवन साथी पनि राम त होइन ? कस्तो रहेछ यो राम शब्द सबैको प्यारो नजिक । जे होस् सफल नै होस् तिम्रो त्यो बाचाहरु । राम नै हो मेरो । लाखौ लाख हरेक पलमा तिमी नै हौं मेरो जीवन साथी ?

0 comments for "मेरो जीवन साथी"

Leave a reply