Published On:Sunday, November 2, 2014
Posted by dadad
तरकारी किन्दै हुनुहुन्छ, होसियार !
१६ कार्तिक, धनगढी । तपाईं तरकारी पसलबाट चिल्लो, सफा र आकर्षक देखिने साग तथा तरकारी किन्दै हुनुहुन्छ भने सावधानी अपनाउनु होला । किनकि बिक्रीका लागि बजारमा ल्याइने गरिएका कतिपय साग तरकारीमा मानव स्वास्थ्यलाई प्रतिकूल असर पु¥याउने रासायनिक विषादीको असर यथावत् रहेको हुन सक्छ ।
खेती गर्ने क्रममा कतिपय कृषकमा जथाभावी रुपले बालीहरुमा यस्ता विषादी अन्धाधुन्ध रुपमा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएकाले यसरी फलेको र तयार भएको साग तरकारीको सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने कृषि प्राविधिकहरुले बताएका छन् ।
खासगरी बालीलाई रोग किराको समस्याबाट बचाउन ठिक्क मात्रामा विषादीको प्रयोग गर्नुपर्ने भए पनि जथाभावी रुपमा यस्ता विषादी प्रयोग गर्ने र विषादीले स्वास्थ्यमा पार्ने असरको ख्याल नगरी बिक्रीका लागि बजारमा ल्याउने गरिएका कारण उपभोक्ताहरुले जानी नजानी यस्तो विषादीयुक्त तरकारीको सेवनसँगै मन्दविष खानुपरेको कृषि प्राविधिकहरु बताउँछन् ।
विषादी छर्किसकेपछि बालीको क्षमताअनुसार बालीमा विषादीको असर रहिरहन्छ । विषादीयुक्त कुनै खाद्य पदार्थ खाने गरेमा मानिसको स्वास्थ्यमा विषादीले मन्दविषका रुपमा असर पु¥याउने भई त्यसबाट कालान्तरमा क्यान्सर, प्यारालाइसिसजस्ता रोग लाग्न सक्ने कृषि प्राविधिक गणेशप्रसाद यादव बताउनुहुन्छ । कतिपय कृषकमा स्वस्थ बाली उत्पादन गर्नेभन्दा पनि व्यापारबाट बढी र छिटो मुनाफा कमाउने प्रवृत्ति देखिएकाले तरकारी बालीमा यस्ता विषादीको जथाभावी प्रयोग हुने गरेको देखिन्छ ।
कैलाली जिल्लाको हकमा खासगरी नदी किनारको बालुवामय जग्गामा खेती गर्ने र जग्गा भाडामा लिई व्यावसायिक तरकारीखेती गर्नेहरुबाट तरकारी बालीमा अन्धाधुन्ध रुपमा रासायनिक विषादी प्रयोग गर्ने गरिएकोे देखिएको छ ।
तरकारी बालीमा ढुसीनाशक, ब्याक्टेरिया नाशक, भाइरस र कीटनाशक गरी चार प्रकारका विषादी प्रयोग हुँदै आएको बताइन्छ । सामान्य किसिमको विषादीको असर दुई तीन हप्तासम्म र कडा खालको विषादीको असर एक महिनासम्म रहने गर्दछ । लामो अवधिमा तयार हुने बालीमा प्रयोग हुने विषादीको असर भने ९० दिनसम्म रहन्छ ।
बढीजसो झोल र पाउडरका रुपमा पाइने यस्ता विषादीहरु असावधानीपूर्वक प्रयोग गर्दा स्वयम् सम्बन्धित कृषकको स्वास्थ्यमा समेत प्रतिकूल असर पु¥याउन सक्छ । विषादी बिक्री गर्दा प्रयोग गर्ने तरिका सिकाएर पठाउने गरिएको भए पनि केहीले मात्र राम्रोसँग ठिक्क मात्रामा प्रयोग गर्ने गरेको र धेरैले जथाभावी रुपमा प्रयोग गर्ने गरेको पाइएको विषादी बिक्रेता किसान एग्रोभेट सेन्टर धनगढीका सञ्चालक विष्णुराज बुर्लाकोटी स्वीकार्छन्् ।
कैलालीलगायतका जिल्लामा व्यावसायिक साग तथा तरकारीको खेती गर्ने कृषक बढ्दै जाँदा रासायनिक विषादीको खपत पनि बर्सेनि बढ्दै गएको छ । सुदूरपश्चिममा मात्रै वर्षभरिमा करिब रु एक करोडबराबरको विषादीको खपत हुने गरेकोमा थप केही परिमाणको विषादी अवैध ढङ्गले भारतबाट पनि भित्रिने गरेको बताइन्छ । विषादीको प्रयोग बढ्दै गएसँगै विषादीरहित खेती गर्ने प्रचलन पनि घट्दै गएको बुर्लाकोटीको भनाइ छ । जिल्ला कृषि विकास कार्यालय कैलालीको पहलमा विषादीरहित बालीको उत्पादन गर्ने गराउने प्रयासस्वरुप कृषकमाझ केही वर्षदेखि जैविक खेती प्रविधिसम्बन्धी गतिविधि भइरहेका छन् ।
यस क्रममा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) खेती प्रविधिसम्बन्धी कृषक पाठशालाहरु सञ्चालन हुँदै आएका छन् । यी कृषक पाठशालामा कृषक समूहमा रासायनिक विषादीको प्रयोगबाट हुने बेफाइदा, शत्रुजीव र मित्रु जीवको फाइदा र बेफाइदाका साथै शत्रु जीवको समस्या समाधान, रासायनिक विषादीको विकल्पमा जैविक विषादीको प्रयोग गर्ने तरिकालगायतका विषयमा ज्ञान दिने गरिन्छ ।
किरा मार्न प्रयोग गरिने रासायनिक विषादीलाई पनि सहन सक्ने क्षमता केही किराहरुमा बढ्दै गएकाले अपेक्षाकृत रुपमा आइपिएम खेती प्रविधि विस्तारमा सफलता पाउन नसकिएको जनाइएको छ । रासायनिक विषादीको जथाभावी प्रयोगका कारण त्यसले मानव स्वास्थ्यमा मात्र नभइ पर्यावरण र बालीहरुका मित्रु जीव (फाइदाजनक किराहरु)लाई समेत प्रतिकूल असर पु¥याइरहेकाले बालीमा कडा विषादीको सट्टा सुरक्षित घरेलु एवम् जैविक विषादीको प्रयोगमा जोड दिन कृषि प्रविधिकहरुको सल्लाह रहेको छ । रासस