Published On:Wednesday, November 5, 2014
Posted by dadad

परीक्षाका लागि भन्दै शुल्क उठाउने कारबाहीमा

१९ कार्तिक, जुम्ला । कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालनका लागि भन्दै विद्यार्थीबाट शुल्क उठाउने विद्यालय तथा प्रअलाई जिल्ला शिक्षा कार्यालय जुम्लाले कारबाही गर्ने भएको छ । 

कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन गर्न विगतका वर्षमा विद्यालय तथा प्रधानाध्यापकले विद्यार्थीबाट रकम उठाएको जनगुनासो जिशिकामा बारम्बार आएपछि यस वर्ष पहिले नै परीक्षा तथा आवेदन फारामका नाममा कुनै प्रकारको शुल्क नउठाउन निर्देशन दिइएको निमित्त जिल्ला शिक्षा अधिकारी टोपबहादुर बुढाले जानकारी दिए ।

सम्बन्धित स्रोत केन्द्रका स्रोत व्यक्ति र प्रअलाई पनि शुल्क नउठाउनेबारेमा निर्देशन गरिसकिएको अधिकारी बुढाले बताए । निम्नमाध्यमिक शिक्षा उत्तीर्ण समन्वय समितिको बैठकले परीक्षालाई व्यवस्थित, मर्यादित एवम् प्रभावकारी तुल्याउन जिल्लास्तरमा  प्रश्नावली बैंक तयार गर्ने निर्णय गरेको  बुढाको भनाई छ । जिल्लामा हाल कक्षा ८ को जिल्लास्तरीय परीक्षामा  विद्यार्थी करिब दुई हजार ५०० देखि तीन हजार विद्यार्थी छन् ।

0 comments for "परीक्षाका लागि भन्दै शुल्क उठाउने कारबाहीमा"

Leave a reply