Published On:Sunday, November 2, 2014
Posted by dadad
राप्रपा, नेपाल देशभर सशक्त बन्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले पार्टीको सङ्गठन सुदृढीकरणलाई देशभर सशक्त बनाउने निर्णय गरेको छ ।
केन्द्रीय पदाधिकारी र संसदीय दलको आईतबार बसेको संयुक्त बैठकले वर्तमान राजनीतिक परिस्थिति तथा हिन्दू राष्ट्रको सन्दर्भमा विभिन्न जिल्लामा गरिएका राजनीतिक गतिविधि र विरोध प्रदर्शनको समीक्षा गरिएको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जनाएका छन् ।
बैठकले पछिल्ला दिनमा हिन्दू धर्मावलम्बीको भावनामाथि आघात पुग्नेगरी भएका गतिविधिलाई सरकारले सम्बोधन गरेकाले सो विषयलाई लिएर गरिने भनेका सङ्घर्षका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको बताए ।
त्यसैगरी बैठकले कुनै पनि सङ्घसंस्थालाई हिन्दू धर्मावलम्बीको मर्ममाथि चोट पुग्ने गरी अभिव्यक्ति नदिन आग्रह गर्दै वैदिक सनातन हिन्दू राष्ट्र नेपालले आजदेखि पुनः सञ्चालन गरेको रिले अनसनको स्वागत गर्दै त्यसमा ऐक्यवद्धता जनाउने निर्णय गरेको छ ।