Published On:Sunday, November 2, 2014
Posted by dadad

सोमबार हरिबोधनी एकादशी, बुढानीलकण्ठमा मेला

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा सोमबारदेखि सुरु हुने हरिबोधनी एकादशी मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजक बुढानीलकण्ठ क्षेत्र विकास समितिले जानकारी दिएको छ । 

राजधानीमा भएको पत्रकार सम्मेलनमा क्षेत्र विकास समितिका अध्यक्ष जयराम थापाले मेलालाई व्यवस्थित् र भव्य रुपमा सफल बनाउन आफ्नो नेतृत्वमा १०१ सदस्यीय मूल सञ्चालन समिति गठन भएको र आगामी २० गते पूर्णिमासम्म चल्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको बताए । 

थापाले आगामी तीन महिनाभित्र बुढानीलकण्ठ मन्दिर परिसरको धार्मिक र पर्यटकीय विकासका लागि गुरुयोजना बनाउन मेलाले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

हरिबोधीनी एकादशीको दिनब्रत बस्दा मनोकामना पुरा हुने धार्मिक मान्यता रहि आएको छ । मेलामा काठमाडौँ उपत्यकाबाहिरबाट पनि भक्तजन आउने समितिले जनाएको छ । समितिले मेलाका लागि मन्दिर परिसरमा सरसफाई तथा मेलाभर्न आउने भक्तजनको सुविधाकालागि स्वयंसेवक र शिविर सञ्चालन गर्ने बताएको छ ।

0 comments for "सोमबार हरिबोधनी एकादशी, बुढानीलकण्ठमा मेला"

Leave a reply