Published On:Tuesday, November 4, 2014
Posted by dadad

झोलेलाई कारबाही गर्न अख्तियारको सिफारिस

१८ कार्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाका तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ६ जना विरुद्ध झोले विद्यालय खडा गरी सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता श्रधर सापकोटाले मंगलबार विज्ञप्ती निकालेर आर्थिक वर्ष २०६६÷६७ देखि २०७०÷७१ सम्म पटक–पटक १० लाख ५० हजार रुपैयाँ दुरुपयोग गरेको अभियोगमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको जनाएका छन् ।
आयोगले तत्कालीन जिल्ला शिक्षा अधिकारी राजेन्द्रप्रसाद ठाकुर, तत्कालीन कायममुकायम जिल्ला शिक्षा अधिकारी कुमारी अम्बिका साह, कार्यक्रम अधिकृत गुदर महत्तो, शारदा प्रावि जिझौलका प्रधानाध्यापक सफल यादव, उनका बाबु रामविनय यादव र स्रोत व्यक्ति राजेन्द्रप्रसाद यादवमाथि सरकारी रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ ।
उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्मको कारबाहीको माग गरिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले निकालेको विज्ञप्तीमा भनिएको छ ।
यस्तै, अख्तियारले मंगलबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत वरिष्ठ प्राविधिक दिलीपकुमार मिश्रले सेवा प्रवेशका लागि शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

0 comments for "झोलेलाई कारबाही गर्न अख्तियारको सिफारिस"

Leave a reply