Published On:Thursday, June 4, 2015
Posted by dadad
एमाअोवादीकाे मोर्चामा दूरी बढ्यो
२२ जेठ, काठमाण्डौ । ३० दलीय विपक्षी गठबन्धनका संयोजक पुष्पकमल दाहालले बैठक थाल्दै भने, 'मैले
तपाईंहरुका लागि केही लिएर आएको छु ।' एमाओवादी संसदीय दलको कार्यालयमा
बिहीबार दिउँसो बसेको विपक्षी बैठकका सहभागी नेताहरुले उनीतिर कान सोझ्याए ।
दाहालले कांग्रेस-एमाले-एमाओवादी बैठकको पोको खोले, 'कांग्रेस र एमालेले
समानुपातिक तर्फ २० प्रतिशतभन्दा बढी दिन नसकिने बताएपछि मैले ४०
प्रतिशतभन्दा र्झन नसकिने अडान लिएँ ।' कान्तिपुर दैनिकमा समाचार छ ।दाहालका अनुसार उनले कांग्रेस-एमालेसगको बैठकमा चारबुँदे अडान राखे । तीमध्ये पहिलो, ६० र ४० प्रतिशत क्रमशः प्रत्यक्ष र समानुपातिक चुनाव प्रणाली थियो । दोस्रो, दुई वा बढी दलले मिलेर चुनाव लड्न चाहे एउटै चुनाव चिह्न पाउनुपर्ने अडान राखेको बताए । तेस्रो, प्रदेशको नाममा सहमति हुन नसके प्रदेश सभाले निर्णय गर्ने सक्नेछ । चौथो, संयुक्त पहिचानका आधारमा छ प्रदेशमा सहमति गर्न सकिने एमाओवादी प्रस्ताव रह्यो ।
मधेसी दलहरुले छ प्रदेशको एमाओवादी प्रस्ताव लचकताको नाममा कमजोरी भएको भन्दै विरोध जनाए । मधेसी नेताहरुले सामुहिक रुपमै भने, 'तपाइर्ंलाई सहमतिको नाममा झन् कमजोर बनाउँदै परिवर्तनका एजेन्डामा सम्झौता गराउन खोजिंदैछ ।'


