Published On:Sunday, March 15, 2015
Posted by Unknown
भारतबाट मानिस झिकाएर आफ्नै पतिको हत्या
०२ चैत्र, विराटनगर, विराटनगर१९ की सुशीला साहले भारतबाट मानिस झिकाएर आफ्नै पतिको हत्या गरेको खुलेको छ। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
मिलमा मजदुरको रुपमा काम गर्दै आएका ३४ वर्षीय राजेश साहको मृत्यु भएको घटनामा पत्नी सुशीला र भारतीय नागरिकको संलग्नता खुलेको मोरङ प्रहरीले जनाएको छ।
पतिको हत्या गर्न सुशीलाले चारजना भारतीय नागरिकलाई विराटनगर झिकाएको प्रहरी अनुसन्धानले देखाएको छ। 'लामो समयदेखि योजना बनाएर सुशीलाले पति हत्याको निम्तो दिएपछि भारतको किसानगन्ज जिल्लाबाट भारतीय नागरिक आएर राजेशको हत्या गर्न सुशीलालाई सहयोग गरेको देखिन्छ,' अनुसन्धानमा संलग्न एक प्रहरीले भने। सुशीलाको माइती पनि किसानगन्जनै हो।
राजेशको लास फागुन २३ गते ओछ्यानमा घाँटीमा डोरीले कसेर हत्या गरेको अवस्थामा फेला परेको थियो। राजेशको शव सिरकले छोपेर राखिएको अवस्थामा फेला परेको थियो।