Published On:Thursday, March 19, 2015
Posted by Unknown

नेविसंघको अध्यक्षदेखि राष्ट्र बैंकको गभर्नरसम्म

६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. चिरञ्जीवी नेपाल ५२ वर्षअघि पाल्पाको पालुङमैनादीमा मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् । डा. नेपालले बनारस हिन्दु विश्वविद्यालयबाट सन् १९९४ मा म्याक्रो इकोनोमिक्समा विद्यावारिधि गरेका छन् ।

पारिवारिक पृष्ठभूमिका कारण सानैदेखि उनी कांग्रेससँग आवद्ध छन् । उनी ०३६ सालमा पाल्पा जिल्लामा नेविसंघको संस्थापक अध्यक्षसमेत भएका थिए । पाल्पाबाट ०४६ अघि नै भैरहवामा बसाइँ सरेका नेपाल हाल ललितपुरको कुसुन्तीमा रहेको घरमा बस्दै आएका छन् ।

वि.सं.०३७ सालको जनमत संग्रहको प्रचारका लागि तत्कालीन कांग्रेस सभापति वीपी कोइराला पाल्पा पुगेपछि उनी वीपीको बिचारबाट अझ प्रभावित भएका थिए । त्यसपछि कांग्रेसमा उनको सक्रियता बढ्दै गयो । उनले वीपी विचार र अर्थतन्त्रसम्बन्धी पुस्तक लेखेका छन् ।

कांग्रेससँगको सामीप्यताकै कारण नेपाललाई प्रधानमन्त्री सुशील कोइरालाले आर्थिक सल्लाहकार र गभर्नर बनाएका हुन् । अर्थमन्त्री महतले रामेश्वर खनाल, शंकर शर्मामध्ये एकजनालाई गभर्नर बनाउनु पर्ने प्रस्ताव गर्दा प्रधानमन्त्रीले उनीहरु खानदानी कांग्रेस नभएको भन्दै गभर्नर छान्न आफैं सक्रिय भएको बताइन्छ ।



डा। नेपाल ०४०र०४२ सालदेखि कांग्रेसको सक्रिय राजनीति छाडेर पढाइमा केन्द्रित भए । अध्ययन सकेपछि उनी वीपीको आर्थिक नीतिभन्दा पनि डा। महतले अघि सारेको आर्थिक नीतिको वकालतमा बढी सक्रिय छन् ।

वीपी कोइरालाको समाजवादी नीतिलाई बिर्सिएर सिंगो कांग्रेस नै अहिले डा। महतले नेपालमा भित्र्याएको खुल्ला बजार अर्थतन्त्रको पक्षमा छ । डा। नेपाल पनि खुल्ला बजार अर्थतन्त्रका कट्टर पक्षपाती हुन् ।

निजी क्षेत्रमैत्री भनेर चिनिने डा। नेपाललाई यसअघि अर्थमन्त्री डा। महतले नै पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेका थिए । डा. बाबुराम भट्टराई अर्थमन्त्री बनेपछि नेपालले राजिनामा दिएका थिए ।

सल्लाह दिने अनुभव

डा। नेपालसँग परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयको सल्लाहकार भएर काम गरेको अनुभव छ । त्यसैगरी, निजी क्षेत्रका तीनवटै छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शमा र नेपाल उद्योग परिसंघमा सल्लाहकार एवं परामर्शदाताका रुपमा काम गरेको अनुभव उनीसँग छ ।

बैंकिङ र प्रशासनमा खासै अनुभव नभएका नेपालसँग आर्थिक नीति निर्माणको तहमा सल्लाह दिने अनुभव छ । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा २८ वर्ष अध्यापन गरेको अनुभव पनि उनीसँग छ । राष्ट्र बैंकको मुख्य काममध्ये सरकारको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नु पनि एक हो ।@onlinekhabar

0 comments for "नेविसंघको अध्यक्षदेखि राष्ट्र बैंकको गभर्नरसम्म"

Leave a reply

    Popular Posts

    Blog Archive