Published On:Tuesday, December 2, 2014
Posted by Tekman Shakya

सशांकलाई प्रधानमन्त्री र पार्टी सभापति बनाउन मोदीलाई सुशीलको गुहार

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग डा. सशांक कोइरालालाई कांग्रेसको सभापति र देशको प्रधानमन्त्री बनाउन सहयोग मागेको तथ्य खुलेको छ । 

सार्क शिखर सम्मेलनको समयमा प्रधानमन्त्री कोइरालाले बालुवाटारको आफ्नो निवास छोडी दुई रात सोल्टी होटलमै बिताएको र त्यसक्रममा सोल्टी होटलमै बसेका मोदीसँग एक्लै भेटी सशांकका लागि याचना गरेका छन् । 

जानकारी अनुसार कोइरालाले राति मोदीको स्वीट रुममा पुगेर बीपी कोइरालासँगै आफूहरु भारत प्रवासमा रहँदा कंग्रेस आई र इन्दिरा गान्धीले निकै दुःख दिएको स्मरण गराएका थिए । त्यस अवसरमा कोइरालाको भनाइ थियो, ‘अरु मेरो कुनै स्वार्थ छैन् । 

संविधान बन्न नदिन एमाओवादी र अरु अनेक शक्तिहरु लागि परेका छन् । संविधान बनेमा छोड्छु त मैले भनिसकेको हुँ, संविधान नबने पनि म छोड्न तयार छु । तर सशांक कोइरालाका लागि छोड्न चाहन्छु । बीपीले भारतमा निकै दुःख पाउनुभएको थियो । 

इन्दिराले धेरै दुःख दिइन् । तपाईहरु सत्तामा आउनुहँदा हामीलाई धेरै खुसी लागेको छ । सशांकलाई सभापति र प्रधानमन्त्री बनाउन सहयोग गरिदिनुभए म आभारी हुने थिँए ।’ कोइरालाको कुरा सुनेर मोदी मुसुमुसु हाँसेको तर कुनै ठोस जवाफ नदिएको खबर प्राप्त भएको छ । 

मोदीले यहाँ केही नभएपनि प्रधानमन्त्रीले गरेको कुरा भारत पुगेर आफ्ना निकट व्यक्तिसँग भनेको घटना र विचार साप्ताहिकमा खबर छ ।

0 comments for "सशांकलाई प्रधानमन्त्री र पार्टी सभापति बनाउन मोदीलाई सुशीलको गुहार"

Leave a reply

    Popular Posts

    Blog Archive