Published On:Wednesday, December 3, 2014
Posted by dadad
एड्स दिवसको अवसरमा अचेल नाट्य समूहको नाटक मन्चन
विश्व एड्स दिवसको अवसरमा अचेल नाट्य समूहले वसन्तपुर डवलीमा नाटक प्रर्दशन गरेको छ ।
यस नाटकले एच. आई. भी./एड्स लागेका व्यत्तिलाई घृणाले हैन माया गरेर उनीहरुलाई अघिबढ्न हौसला दिनुपर्छ भन्ने सन्देश प्रदान गरेको छ ।
आमाको मृत्यु पछि दिनानुदिन बुवाले कुनै काम गरेको हुदैन । रक्सि/जाँड खाएर आउने अनि आफ्ना छोराछोरीलाई वास्ता नगर्ने प्रवृत्ती देखापर्न थाल्छ । दिनप्रतिदिन गरिबीले एउटा परिवारले छोरीलाई पैसा कमाउन विदेश पठाउँछ । फलस्वरुप बुवाले आर्थिक स्रोत जुटाउन र छोरालाई पढाउने उद्देश्य राखेर छोरीलाई विदेश पठाउने निर्णय गर्छ । छोरीले पनि अब केहि काम नभएर गाली खाई रहनु भन्दा बिदेश गएर पैसा कमाए घरपरिवारलाई सहयोग गर्ने सपना देख्न थाल्छिन् ।
आफ्नो परिवालाई खुसी राख्नकालागी उनी ठूला– ठूला सपना देखेर जब विदेश पुग्छिन् तब उनले थाहा पाउँछिन् विदेश उनले सोचेको भन्दा विल्कुल फरक पाउँँछिन् । उनले आफूले सोचेको जस्तो काम पाउँदिनन् । उनी त्यहाँ देहव्यापारमा फस्छिन् । तीन वर्षको अन्तराल पछि उनी घर आईपग्छिन् ।
विदेशमा रहँदा उनमा केहि रोगहरु देखा पर्छन् र त्यहि रोग बोकेर अन्ततःघर आई पुग्छिन् । घर आईपुग्ने वित्तिकै सो रोगले उनलाई ग्रस्त बनाउँछ । अन्ततः उनलाई उपचारार्थ हस्पिटलमा पु¥याईन्छ र चेक जाँच गरि सके पछि एच. आई. भी. एड्स भएको रिपोट आउँछ । फल स्वरुप छोरीले कमाउँदा, घर धान्दा, भाईहरु पढाउँदा खुसीभएका सम्पुर्ण परिवारका सदस्यहरु नाटकियरुपमा परिवर्तन हुन्छन् ।
फलस्वरुप तिनी घरबाट निकनलिन्छन् । बाटोमा अलपत्र भएर हिँडिरहेएको अवस्थामा उनलाई एन्. जी.ओ. को सदस्यले भेटेर उनलाई पुन घर पु¥याउँछन् तर उनलाई घरमा अस्विकृत् गर्छन् । आफ्नो जीवन घरपरिवारकोलागि सुम्पे पनि अन्ततः आफ्नै परिवारबाट आफ्नो जीवन अस्विकृत् भएको ठानी विष सेवन गरि आफ्नो प्राण त्याग गरिन् ।
यस नाटको परिकल्पनाकार नवराज खड्का हुन भने निर्देशन सागर हुमागाँई र नवराज खड्गाले गरेका हुन् । यसका कलाकारहरु सागर हुमागाँई, नवराज खड्गा, सुशिला थापा, भोला अधिकारी, रुपेश मगर र दिप बिष्टले अभिनय गरेका थिए ।