Published On:Tuesday, December 2, 2014
Posted by dadad
देवकोटा र कटुवालको चोर बिरालो
हाँस्य कलाकार केदार घिमिरे रियल नामले जतिले चिन्छन, त्यो भन्दा बढी माग्ने बुढा भनेर चिन्छन । सानो पर्दामा चर्चित यो नामसँगै अर्को नाम पनि जोडिएर आउँछ, मैयाँ।
यो बीचमा माग्ने बुढा र मैयाँको सानोपर्दाको हिट जोडीले माया प्रेमको गन्थन अनि विवाह कुन नपाएको दुखेसो पोखेको भिडियो सार्वजनिक भएको छ ।
छोटो समयमा नै हजारौँ दर्शकले हेरिसकेको एक म्युजिक भिडियोमा निर्देशक संकर बिसीले यो जोडीलाई रमाईलो पाराले प्रस्तुत गरेक छन् ।
एक समय हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैको चर्चित यो जोडीलाई कम्मर मर्काउने तथा लुकामारी गर्ने अवसर श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर रहेको चोर बिरालो बोलको गीतले जुरेको हो ।
देवकोटा र कटुवालको मनछुने स्वर रहेको यो भिडियोमा यो जोडीसँगै अर्का चर्चित हाँस्य कलाकर सुरविर पण्डितलाई पनि देख्न सकिन्छ ।
गीतमा बिनोद ढकालको शब्दमा सागर ढकालले म्युजिक भरेका छन् । यो गीत अन्नपुर्ण भिजनुको व्यानरमा दर्शक तथा श्रोतामाझ आएको हो ।