Published On:Sunday, November 2, 2014
Posted by dadad
एसिसी प्रिमियर ट्रफी–खेलाडी छनोट
१६ कार्तिक, काठमाडौं । कुवेतमा सञ्चालन हुने एसिसी उन्नाइस वर्षमुनी (यु–१९) प्रिमियर ट्रफी क्रिकेट प्रतियोगिताको लागि १४ सदस्यीय खेलाडी छनोट भएको छ । यही कात्तिक १९ देखि २९ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । त्यस्तै वैकल्पिकमा चार खेलाडी पनि छनोट भएका छन् ।छनोट हुने खेलाडीमा टिम कप्तानको जिम्मेवारी राजु रिजालले पाएका छन् भने आरिफ शेख उपकप्तान रहेका छन् । आरिफले सिनियर राष्ट्रिय टोलीबाट पनि खेलिसकेका छन् । त्यस्तै इर्साद अहमद, आशिष धामी, शङ्कर राना, प्रेम तामाङ, सौरभ खनाल, सन्दिप सुनुवार, योगेन्द्र कार्की, सुशील कँडेल, सुनिल धमला, दिपेश श्रेष्ठ र अर्जुन चापागाईं छन् । यसैगरी वैकल्पिकतर्फ निरज मुखिया, हेमन राई, कुशल भुर्तेल र राजविर सिंह छन् ।