Published On:Tuesday, November 4, 2014
Posted by dadad

बलात्कार गर्न खोज्नेलाई कैद सजाय

१८ कात्तिक, लहान । नाबालिकालाई बलात्कार गर्न खोजेको अभियोगमा जिल्ला अदालत राजविराजले एक युवकलाई चार वर्ष चार महिनाको कैद सजाय सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले सप्तरीको सीतापुर गाविसकी १२ वर्षीया बालिकालाई बलात्कार खोजेको भन्दै सीतापुर गाविस–१ निवासी ३५ वर्षीय नागेन्द्रकुमार चौधरीलाई उक्त कैदको सजाय सुनाएको हो ।

बालिकाको लुगा च्यातेर जबर्जस्ती करणी गर्न खोजेको ठहर गर्दै अदालतले चौधरीलाई कैद सजाय सुनाएको पीडित बालिकाका कानुन व्यवसायी अशोककुमार चौधरीले जानकारी दिए ।

काम विशेषले आफू र आफ्नी श्रीमती लहान गएको मौका छोपी पानी माग्ने बहानामा घरभित्र लगी चौधरीले आफ्नी १२ वर्षीया नाबालिकालाई २०७० साउन १० गते जबर्जस्ती करणी गरेको भन्दै पीडित नाबालिकाका पिताले जिल्ला अदालतमा चौधरीविरुद्ध  मुद्दा दायर गरेको थियो ।

यसअघि उक्त मुद्दामा पहिलो सुनुवाइ गर्दै २०७० मङ्सिर २७ गते जिल्ला अदालत राजविराजले अभियुक्त चौधरीलाई थुनामा राखी पुर्पक्ष गर्न दिएको आदेशलाई पुनरावेदन अदालत राजविराजले उल्टाउँदै साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।

0 comments for "बलात्कार गर्न खोज्नेलाई कैद सजाय "

Leave a reply