Published On:Tuesday, November 4, 2014
Posted by dadad

पोखरामा तेस्रो क्षेत्रीय गोदावरी प्रदर्शनी मंसिरमा हुने

१८ कार्तिक, पोखरा । फ्लोरिकल्चर एसोसियसन नेपाल कास्कीले आगामी मङ्सिर १ देखि ३ गतेसम्म पोखरामा तेस्रो क्षेत्रीय गोदावरी प्रदर्शनी एवम् पुष्प व्यापार मेला गर्ने भएको छ ।
मेलामा करिब ३०० प्रजातिका फूलका बिरुवा प्रदर्शनीमा राखिने र करिब रु २५ लाखको कारोबार हुने एसोसियसनका अध्यक्ष दयाकुमार द्वारेले जानकारी दिए । मेलामा पश्चिमाञ्चल क्षेत्रका नर्सरी र बगैँचा सजावटमा प्रतिस्पर्धा गराइने छ ।

प्रतिस्पर्धामा प्रथम हुने नर्सरीलाई शिल्ड तथा प्रमाणपत्रसमेत वितरण गरिने कार्यक्रम छ । मेला सम्पन्न गर्न ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने र मेलाका लागि कृषि विकास मन्त्रालयबाट पनि सहयोग आउने आश्वासन प्राप्त भएको संयोजक प्रेमबहादुर रानाले बताए ।

मेलामा व्यावसायिक नर्सरीका कट फ्लावर, कृषि औजार, मल, बीउबिजनसहित २८ देखि ३० वटा स्टल रहने छन् । पोखरामा २९ वटा नर्सरी रहेका र ती नर्सरीले वार्षिक चार करोडभन्दा बढीको आर्थिक कारोबार गर्ने गरेका छन् । रासस

0 comments for "पोखरामा तेस्रो क्षेत्रीय गोदावरी प्रदर्शनी मंसिरमा हुने"

Leave a reply

    Popular Posts

    Blog Archive