Published On:Sunday, November 2, 2014
Posted by dadad

नेप्से परिसुचक २ हप्ता एताकै उच्च गिरावट

१६ कार्तिक, काठमाडौं । पुँजीबजारमा कारोबारको पहिलो दिन आईतबार नेप्से परिसुचक २ हप्ता यताकै उच्च गिरावट आएको छ । 

आईतबार नेप्से परिसुचक ८ दशमलव ९१ अंघले घटेर ९  सय २१ दशमलव ३० बिन्दुमा झरेको छ । दुई हप्ता यताकै उच्च गिरावट आएसँगै आईतबार नेप्सेका उप–सुचकहरु पुरै रातो रंगले पोतिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आईतबारको कारोबारमा वाणिज्य बैंक समूहको सूचक ७ दशमलव ७८ अंकले घटेको छ भने यो समुहको कारोबार ७ करोड ९१ लाख रुपैयाँ बराबरको भएको छ । 

त्यस्तै जलविद्युत समुहमा ४५ दशमलव २६, बीमा समूहमा ४६ दशमलव ४५, उत्पादनमूलक समूहमा ३० दशमलव १६, वित्त कम्पनी समुहमा ४ दशमलव २ अंक, विकास बैंक समुहमा २ दशमलव ६१, होटल समूहमा शून्य दशमलव ४४ र अन्य समूहको सूचक ३ दशमलव ५३ अंकले घटेको छ । आईतबार दिनभरको कारोबारमा १ सय ३३ कम्पनीबाट ७ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा २७ करोड ९६ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।

0 comments for "नेप्से परिसुचक २ हप्ता एताकै उच्च गिरावट"

Leave a reply