Published On:Wednesday, October 22, 2014
Posted by dadad
यस्ता थिए महाकवि.......
स्थान : त्रिचन्द्र कलेजको घन्टाघरस्थित पूर्व-पश्चिम फर्किएको नेपाल भाषानुवाद परिषद्को कार्यालय। जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको लेखन सहयोगीका रूपमा मासिक १५
रुपियाँ तलब थाप्थे, श्यामदास वैष्णव।
एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्करशमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर मतभेद भयो र देवकोटा जागिर छाडेर गए ! यसले श्यामदासलाई ठूलो तनाव भयो। नहोस् पनि किन ! वास्तवमा उनी देवकोटाकै सिफारसिमा जागिर खान त्यहाँ पुगेका थिए। त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन ! उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हान्निए। आखिर भएको रहेछ के ?
एक दिन कार्यालयमै हल्लीखल्ली भएछ, परिषद्का अध्यक्ष पुष्करशमशेर राणा र देवकोटाबीच केही कुरालाई लिएर मतभेद भयो र देवकोटा जागिर छाडेर गए ! यसले श्यामदासलाई ठूलो तनाव भयो। नहोस् पनि किन ! वास्तवमा उनी देवकोटाकै सिफारसिमा जागिर खान त्यहाँ पुगेका थिए। त्यसैले उनलाई यो हल्ला स्वादिलो लाग्ने कुरै भएन ! उनी कुरा बुझ्न तुरुन्तै देवकोटाको डिल्लीबजारस्थित घरमा हान्निए। आखिर भएको रहेछ के ?
७१ वर्षअगाडिको त्यो घटना श्यामदासको दिमागमा अहिले पनि आलै छ। खासमा उनीहरूबीच शाकुन्तल महाकाव्यको छन्दलाई लिएर मतभेद भएको रहेछ।
त्यति बेला शाकुन्तलको उठान थियो:
तिमी त नास्तिक बनिसकेछौ, खुलस्त आत्मा नबन्न सक्छौ।
पुष्करको भनाइ थियो, पण्डितहरूसँग कुरा भएर लेख्न बसेको हुनाले वाणिर्क
छन्दमै त्यो लेखिनुपथ्र्यो। तर, देवकोटाले वाणिर्क र मात्रिक छन्दलाई
मिलाएर तीन महिनाभित्रै शाकुन्तलजस्तो उत्कृष्ट महाकाव्यको रचना गरसिकेका
रहेछन्। पुष्करको अडानप्रति देवकोटाले तत्काल कुनै प्रतिक्रिया जनाएनन्।
तर, उनले त्यो महाकाव्य पुष्करका भाइ बालकृष्ण समलाई पनि देखाए। देवकोटाको
पहिल्यैदेखिको बानी थियो, आफूले लेखेको साहित्य सबैलाई देखाउने। तर, यति
बेला समलाई त्यो महाकाव्य देखाउनु उनका लागि तीतो अनुभव बन्यो। समले
दाजुकै अगाडि देवकोटाको तारिफ गर्दै भनेछन्, 'बडो राम्रो छ।'
पुष्करले सोचेछन्, आफू केही नबोल्ने। भाइलाई भनेर आफ्नो तेजोबध गराउने।
उनले देवकोटालाई त्यहीँ हपारेछन्, 'बाजे ! मैले हुन्न भन्दाभन्दै भाइका
अगाडि मेरो मानमर्दन गर्न खोज्ने ?' देवकोटा यस्ता कुरामा हतपती
प्रतिक्रिया जनाउँदैनथे। तर, उनलाई पुष्करले उच्चारण गरेको 'बाजे' शब्द
पि्रय लागेनछ । जुरुक्क उठेर प्रतिक्रिया दिएछन्, 'म टपरे बाहुन होइन।' यति
भनेर ठमठम हिँड्न लागेका देवकोटालाई बीचमा रोक्दै पुष्करले सोधेछन्,
'त्यसो भए तिम्रो मान्छे के गर्छन् ?'
हालै ९० वर्ष टेकेका श्यामदास त्यो घटना सम्झन्छन्, "पुष्करशमशेरको इसारा
मतर्फ थियो। देवकोटालाई त्यो बुझ्न गाह्रो भएन।" भनिदिएछन्, 'यहीँ बस्छन्।'
विदेशी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गर्न खुलेको भाषानुवाद परिषद्को
जागिर छाडेर देवकोटा हिँडेपछि विवादले चर्को रूप लियो। कुरा पुग्यो, शिक्षा
विभागका डाइरेक्टर शारदाशमशेरको अफिससम्म। त्यति बेला भाषानुवाद परिषद्
शिक्षा विभागकै मातहत थियो। त्यसैले शारदाले विवाद सुल्झाउन दुवै पक्षलाई
तुरुन्त डाके। र, यही टुंगो लाग्यो, लेखकले लेखेपछि लेख्यो, लेख्यो। विवाद
निकालेर हुँदैन। त्यो लेखकको अधिकारभित्र पर्छ।